पोखरा महानगरपालिकाः कृष्ण थापा भन्दा १ हजार ७ सय ५२ मतले धनराज अघि

पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर दुई हजार नजिक पुर्‍याएका छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार ७ सय ५२ पुर्‍याएका हुन्।

हालसम्म ३३ हजार २ सय ५९ मत गणना सम्पन्न हुँदा आचार्यले १३ हजार ७ सय ९४ मत प्राप्त गरेर अग्रता कायम राखेका छन्। उनलाई एमालेका कृष्ण थापाले १२ हजार ४२ मत ल्याएर पछ्याइरहेका छन्।

त्यस्तै राप्रपाका शंकर खरालले १ हजार ४ सय ३७ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले ७ सय ७७ मत प्राप्त गरेका छन्।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले अग्रता कायम राखेकी छन्। रानाभाटले एमालेकी मञ्जुदेवी गुरुङसँगको मतान्तर ३ सय २२ पुर्‍याएकी छन्। रानाभाटले १४ हजार ६८ मत प्राप्त गरेकी छन् भने एमालेकी गुरुङले १३ हजार ७ सय ४६ मत ल्याएर पछ्याइरहेकी छन्। राप्रपाकी रञ्जना सेनले १ हजार २ सय १७ मत प्राप्त गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *