शुक्लागण्डकी-१० को वडा अध्यक्षमा माओवादी विजयी

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका-१० मा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) माओवादी विजयी भएको छ । बुधबार बिहान सार्वजनिक भएको अन्तिम मत परिमाणका अनुसार नेपाली कांग्रेसका उम्मेदवार खड्क विक्रम खाड ठकुरीलाई एक सय ६३ मतले पछाडि पार्दै माओवादीका राजेन्द्र भट्टराई क्षेत्री विजयी भएका हुन् ।

माओवादीका राजेन्द्र कुल ९ सय २५ मत ल्याउँदै विजयी भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका ठकुरीले ७ सय ६२ र नेकपा एमालेका केशव थापाले ६ सय ५८ मत प्राप्त गरे । यसअघिपनि वडा नम्बर १० मा माओवादीनै विजयी भएको थियो ।

यस्तै खुल्ला महिला सदस्यमा नेपाली कांग्रेसकी तिला देवी राना आले ८ सय २८ मत ल्याएर विजयी भइन् । उनले नेकपा एमालेकी पवित्रा राना (७५१ मत) र माओवादीकी हिम कुमारी पौडेललाई( ७३२ मत) पछि पारेकी हुन् । कडा प्रतिस्पर्धा भएको दलित महिला सदस्यमा नेकपा एमालेकी पेम माया विश्वकर्मा ७ सय ६१ भोट ल्याएर निर्वाचित भइन् ।

खुल्ला वडा अध्यक्षमा नेकपा एमालेका क्याप्टेन कुस्माखर खत्री ८ सय ७ मत र नेपाली कांग्रेसका बिमल राना ८ सय ९ मत ल्याएर विजयी भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *