प्रतिनिधिसभामा ८ विधेयक पेस

काठमाडौं । प्रतिनिधिसभामा विभिन्न ८ वटा विधेयक पेस भएका छन् । मंगलबारबाट शुरु भएको प्रतिनिधिसभाको ११ औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा विभिन्न ८ विधेयक पेस भएका हुन् ।

प्रतिनिधि सभामा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र नेपाल प्रहरीका कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय (पहिलो संशोधन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ पेस गरे ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाले औषधि (तेस्रो संशोधन) अध्यादेश २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९ पेस गरे । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल्वे अध्यादेश २०७८ पेस गरेकी छन् ।

त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र यौन हिंसाबिरुद्धका ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेस गरेका छन् ।

बैठकमा नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल (गौतम) ले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २५० को उपनियम १ बमोजिम उक्त नियमावलीको नियम ४२ को उपनियम ४ लाई तत्कालका लागि निलम्वन गरियोस् भनि प्रस्ताव पेस गरिन् । उक्त प्रश्ताव सदनमा बहुमतका साथ पास भएको सभामुख अग्निप्रसाद सापकोटाले बताए । नियम निलम्बनको प्रस्तावमा जेठ ४ गते प्रतिनिधिसभामा छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *