धनगढी उपमहानगरः ३२८७ मतले हमाल अगाडि, १५ हजार ४३७ मतगणना

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाको जारी मतगणना अनुसार मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता फराकिलो बनाउँदै लगेका छन्। उनले ६ हजार ८४१ मत पाएका छन्। यस्तै गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ३ हजार ५५४ र नेकपा एमालेका रणबहादुर चन्दले १ हजार ८०७ मत पाएका छन्।

हमाल र वडबीच ३ हजार २८७ मतको अन्तर छ। मेयर पदमा ३ हजार ७४ मत बदर भएको छ। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ३ हजार ११३ मतका साथ लिड गरिरहेकी छिन्।

एमालेकी कन्दकला रानाले ३ हजार ४९ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ६८६ मत पाएका छन्। उपमेयरमा ६ हजार २९२ मत बदर भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *