मन्त्री बडूको जिल्लामा कांग्रेस ‘शून्य’, ५ ठाउँमा एमाले र ४ ठाउँमा माओवादी विजयी

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको गृह जिल्ला दार्चुलामा नेपाली कांग्रेस ‘क्लीन स्वीप’ भएको छ। दार्चुलामा यसपटक नेकपा (एमाले) र नेकपा  (माओवादी केन्द्र) का उम्मेदवारहरुले जित हात पारेका छन्।

गत निर्वाचनमा ९ स्थानीय तहमध्ये ५ क्षेत्रमा जित हात पारेको कांग्रेसले यसपटक शून्य भएको छ। ९ मध्ये ५ मा नेकपा एमालेका उम्मेदवार प्रमुख पदमा जितेका छन् भने ४ मा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ।

नेकपा (एमाले) ले जितेका ठाउँहरु
दुहुँ गाउँपालिका, नरेन्द्रबहादुर सिंह बडाल
ब्यास गाउँपालिका, मंगलसिंह धामी
महाकाली नगरपालिका, नरसिंह चैसिर
मालिकार्जुन गाउँपालिका , हिरासिंह धामी
शैल्यशिखर नगरपालिका, विजयसिंह धामी

(माओवादी केन्द्र)ले जितेका ठाउँहरु
अपि हिमाल गाउँपालिका, भक्तसिंह बोहोरा
नौगाड गाउँपालिका, दलजीत सिंह धामी
मार्मा गाउँपालिका, जमनसिंह धामी
लेकम गाउँपालिका, रामदत्त जोशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *