पोखरा महानगरपालिकामा गठबन्धनका आचार्यको अग्रता

पोखरा । पोखरा महानगरपालिकामा गठबन्धन तर्फका मेयरका उम्मेदवार धनराज आचार्यले मतान्तर बढाएका छन् । महानगरमा १३ हजार ६४३ मतगणना हुँदा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार बनेका आचार्यले ५,७४८ मत प्राप्त गरेका छन्।

आचार्यका प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले पाँच हजार ७८ मत पाएका छन्। थापाको भन्दा आचार्यको ६७० मत बढी छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले ६५८ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार खडकराज (गनेश) पौडेलले ३३१ मत पाएका छन्।

उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङले ५ हजार ५६४ मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५ हजार ४ सय ७४ मत प्राप्त गरेकी छन्। पोखरा महानगरपालिका अहिलेसम्म वडा नम्बर १,२,३,४,१२,२३,२४ र २५ वडाको मतगणना चलिरहेको छ । महानगरमा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *