पाल्पाको निस्दी र तनहुँको घिरिङमा एमाले विजयी

काठमाडौं । पाल्पाको निस्दी गाउँपालिकामा नेकपा एमालेले जितेको छ । अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सबै सदस्य पदहरु जित्दै एमालेले क्लिनस्वीप गरेको हो । अध्यक्षमा मुक्तबहादुर सारु ६ हजार ६५२ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द प्रसाद अर्याल ३ हजार ४६६ मत पाएका छन् । यसैगरी उपाध्यक्ष पदमा एमालेकै तीरन कुमारी श्रेष्ठ निर्वाचित भएकी छन् ।

उनले ६ हजार ६३८ मत पाउँदा उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका रामप्रसाद खत्रीले ८३० मत मात्रै पाएका छन् । निस्दी गाउँपालिकाको वडा नम्बर १ मा यमबहादुर राना, वडा नं. २ मा फत्तेसिं दर्लामी, वडा नं. ३ मा नविन्द्र थापा सोती, वडा नं. ४ मा सन्तवीर सुनारी, वडा नं. ५ मा दुर्गाबहादुर सोमै, वडा नं. ६ मा मेखबहादुर सुनारी र वडा नं. ७ मा मुक्तबहादुर पाटा अध्यक्षमा निर्वाचित भएका छन् ।

त्यसैगरी तनहुँको घिरिङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका होमबहादुर थापा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका गंगाराम कुमाललाई ७७७ मतान्तरले पराजित गर्दै थापा निर्वाचित भएका हुन् ।

थापाले चार हजार ३३१ मत प्राप्त गरेका छन् भने कुमालले तीन हजार ५५४ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्ष नेकपा एमालेकै राधादेवी अधिकारी निर्वाचित भएकी छन् । नेकपा एकीकृत समाजवादीका पूर्णबहादुर थापालाई १ हजार ७ सय ३४ मतान्तरले पराजित गर्दै अधिकारी निर्वाचित भएकी हुन् । अधिकारीले चार हजार ४८१ मत प्राप्त गरिन् भने थापाले दुई हजार ७४७ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *