USAID

युगान्डाविरुद्धको पहिलो टि-२० आईमा नेपाल पराजित

काठमाडौं । घरेलु मैदानमा आजबाट शुरु भएको टि-२० आईको पहिलो खेलमा फितलो ब्याटिङ प्रदर्शन गर्दा नेपाल पराजित भएको छ । सोमबार दिउँसो भएको खेलमा नेपाललाई १२ रनले पराजित गर्दै युगान्डाले ५ खेलको सिरिजमा १-० को अग्रता लिएको हो ।

जीतको लागि १ सय ३ रनको झिनो लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९० रनमात्र बनाउन सक्यो । नेपालको लागि इन्दु बर्माले सर्वाधिक १६ रन बनाइन् । यस्तै डोलि भट्टले १३, बिन्दु रावलले १२ र कविता कुँवरले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् ।

युगान्डाको लागि कोन्की अवेको र साराह अकिटेङले २/२ विकेट लिँदा जनेत म्बाबाजी र रिता मुसामलीले एक/एक विकेट लिइन् ।

यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय २ रन बनाएको थियो । युगान्डाको लागि जानेट म्बाबाजीले सर्वाधिक २९ रन बनाइन् । उनले ३८ बलमा ३ चौकाको सहयोगमा २९ रन बनाइन् । यस्तै रिता न्यान्देन्दोले १८, केभिन अविनोले १५, रिता मुसामलीले १३ र फ्रान्कलिन नाजुम्बाले १२ रन जोडिन् ।

नेपालको लागि कविता कुवरले ४ ओभरमा १५ रन दिएर २ विकेट लिँदा रुविना क्षेत्री, कविता जोशी र इन्दु बर्माले १/१ विकेट लिइन् ।

यससँगै युगान्डाले ६ खेलपछि टि-२० आईमा पहिलो जीत निकाल्दा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । अब दुई टोलीबीचको दोस्रो टि-२० आई भोलि मंगलबार हुनेछ ।

CivActsAd

Leave a Reply

Your email address will not be published.