विराटनगरको मेयरमा कांग्रेसका कोइरालाको अग्रता

विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुख पदमा आज प्राप्त पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले चार हजार ९९६, नेकपा एमालेका सागर थापाले तीन हजार ५१८ र स्वतन्त्र उम्मेदवार (लाल्टिन)का उमेश यादवले एक हजार ६१९ मत प्राप्त गरेका जानकारी दिए ।

यसैगरी उपप्रमुखमा नेकपा एमालेका शिल्पा निरौला कार्कीले तीन हजार ९९६, गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले दुई हजार ९३३, राप्रपाका विन्दाकुमारी लुइँटेल आचार्यले ९६५ मत प्राप्त गरेका छन् । विराटनगर वडा नं १७ को वडाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका समिम कमर मियाँले एक हजार ४५० मत ल्याएर विजयी भएका छन् । यस्तै १९ को वडाअध्यक्षमा एमालेका श्याम घिमिरेले ९८७ मत ल्याएर विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *