प्रधानमन्त्रीद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

बुटवल । बुद्ध जयन्तीको अवसर पारेर कुवेतको जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान गरेको छ । सोमबार बिहान विमानस्थल आइपुगेको जजिराको जहाजलाई प्रधानमन्त्री देउवा, पर्यटनमन्त्री प्रेम बहादुर आलेले भैरहवामा स्वागत गरे। यसका साथै प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक शुभारम्भ पनि गरेका छन् ।

नियमित रूपमा अन्तर्राष्ट्रिय उडानको लागि जजिराले अनुमति पाएको थियो। काठमाडौंमा समेत नियमित उडान गरिरहेको जजिराले आजबाट नियमित रूपमा कुबेत–भैरहवा–कुवेत उडान गर्ने छ ।

नेपाली समय अनुसार सोमबार बिहान २ बजेर ३० मिनेटमा कुबेतबार उडान भरेको जजिरा बिहान ७ बजेर ७ मिनेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो भरखरै मात्र निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान अनुमति लिएको जजिरा एयरले अहिलेको लागि हप्ताको ३ दिन उडान गर्ने छ ।

भैरहवाबाट सोमबार, बुधबार र शुक्रबार बिहान २ः३० बजे उडान हुनेछ भने कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ५ः१५ अवतरण हुनेछ । त्यसै गरि कुवेतबाट मंगलबार, बिहीबार र शुक्रबार साँझ ६ः३० बजे उडान हुनेछ भने भैरहवामा विहान १ः४५ बजे अवतरण हुनेछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *