USAID

३८ स्थानको नतिजा सार्वजनिक हुँदा १५ स्थानमा जित हासिल गर्दै एमाले पहिलो

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा ३८ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार ७५३ स्थानीय तहमध्ये ३८ तहको अन्तिम नतिजा आएको हो । अधिकांश नतिजा गाउँपालिकाको आएको हो । आयोगका अनुसार हालसम्म सबैभन्दा धेरै पालिका जितेर एमाले पहिलो स्थानमा छ । एमालेले १५ पालिका जितेको हो ।

हालसम्म एमालेले १८० बढी पालिकामा अग्रता बनाउँदा कांग्रेसको २५० बढी पालिकामा अग्रता रहेको छ । हालसम्म कांग्रेसले ११ पालिकामा जितेको छ । त्यस्तै माओवादी केन्द्रले १० पालिका जित्दा १०० स्थानम अग्रता बनाएको छ । नेकपा एकीकृत समाजवादीले २ पालिका जित्दै १५ वटामा अग्रता बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *