ताराखोला गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका विक निर्वाचित

बाग्लुङ । जिल्लाको ताराखोला गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का धनबहादुर विक ‘हिमाल’ निर्वाचित भएका छन्।

आईतबार बिहान सम्पन्न मतगणनामा पाँच दलीय गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्ष बनेका उनले कुल २२८५ मत प्राप्त गर्दै विजयी भएका हुन्। निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीलाई १९५ मतले पछि पारेर उनी गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्।

माओवादी केन्द्रबाट गत स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित प्रकाश घर्तीले यस पटक पनि उम्मेदवार बन्ने चाहाना राख्दा पार्टी टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले कुल २०९० मत प्राप्त गरेका छन्।

गाउँपालिका उपाध्यक्षमा नेपाली काँग्रेसका भिमबहादुर रोका विजयी भएमा छन्। ताराखोलाको पाँच वटै वडामा माओवादी केन्द्रका वडाध्यक्ष निर्वाचित भएका छन्। ताराखोलामा माओवादी केन्द्र, नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *