मकवानपुरको भीमफेदीमा माओवादीलाई पछ्याउदै एमाले

मकवानपुर, वैशाख ३१ । मकवानपुरको भीमफेदी गाउँपालिकामा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ।

माओवादी केन्द्रका उम्मेदवार बद्रीबहादुर स्याङ्तानले प्रारम्भिक मतगणनामा ४ सय ५ मत ल्याएका छन्। उनलाई नेकपा एमालेका हिदम लामाले ३१५ मत ल्याएर पछ्याइरहेका छन् ।

यस्तै उपाध्यक्षमा पनि गठबन्धनका तर्फबाट उपमेयरमा कांग्रेस उम्मेदवार सञ्जीव श्रेष्ठले ४११ मत ल्याएर अग्रता बनाएका छन्। उनलाई एमालेकी पार्वती रानाले ३१५ मतसहित पछ्याइरहेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *