काठमाडौंका मेयर उम्मेदवार बालेन शाहले गरे मतदान

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतदान गरेका छन् । बालेनले तीनकुने गौरीगाउँस्थित अन्नपूर्ण बोर्डिङ स्कुल मतदान केन्द्रबाट भोट हालेका हुन् ।

शुक्रबार बिहान ७ बजेबाट देशका विभिन्न मतदान केन्द्रमा मतदान शुरु भएको थियो । अन्य उम्मेदवारले बिहानै मतदान गरेपनि बालेनले ११ बजेर ३ मिनेटमा मतदान गरेका हुन् । ज्योतिष शास्त्र अनुसार बालेनले साइत हेरेर मतदान गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *