USAID

कांग्रेस र एमाले कार्यकर्ता झडपपछि दोलखाको बैत्यश्वरमा मतदान रोकियो

दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिकाको मतदान केन्द्रमा मतदान रोकिएको छ । नेपाली कांग्रेस र नेकपा एमाले कार्यकर्ताबीच झडप भएपछि मतदान रोकिएको हो ।

बैत्यश्वर गाउँपालिकाको वडा नम्बर १ र २ का मतदानस्थलमा सुरु भएलगत्तै दुई पक्षबीच ढुंगा हानाहान भएको हो ।

वडा नम्बर ३ मा रहेको कालीढुंगा मावि मतदान केन्द्रमा झडप भएको हो । झडपमा परी एक जना घाइते भएका छन् ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । झडपपछि तनाबग्रस्त बनेको मतदान केन्द्रलाई नेपाली सेनाले आफ्नो नियन्त्रणमा लिएको छ ।

झडपपछि नेपाली सेनाले मतदान केन्द्रलाई आफ्नो नियन्त्रणमा लिएको हो । ढुंगा प्रहार गर्दै बुथ नै कब्जा गर्ने प्रयास भएपछि झडप भएको दोलखा प्रहरी प्रमुख डिएसपी गंगा पौडेलले जानकारी दिए ।

मतदाता आउने बाटो नै अवरोध गरेर कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको थियो । सुरक्षाकर्मीले अवरोध हटाउन खोजेपछि मतदानस्थल तनावग्रस्त बनेको हो ।

पुनः मतदान गराउने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठकपछि पुनः मतदान सुचारू गरिने डिएसपी पौडेलले बताए ।

 

CivActsAd

Leave a Reply

Your email address will not be published.