मतदानपछि केशब स्थापित भन्छन्–आज मतदान प्रभावित गर्न पाईँदैन, सूर्यतिर हेर्ने नमस्कार गर्ने अनि मतदान गर्ने

काठमाडौं। काठमाडौं महानगरका मेयरका उम्मेद्धवार केशब स्थापितले आज मतदान प्रभावित गर्न नपाईने बताएका छन् । उनले आम मतदाताहरुलाई सूर्यतिर हेरेर नमस्कार गर्ने र मतदान गर्न पनि आग्रह गरेका छन् ।

आफूले मत हालेपछि मिडियाकर्मीहरुससँग कुरा गर्दै स्थापितले यस्तो बताएका हुन् । उनले भने,‘घामतिर फर्कने, अनि मनन गर्ने, पूनर्जागरण सुरु भएको छ। आज मतदान प्रभावित गर्न पाईँदैन् । सूर्यतिर फर्कने, नमस्कार गर्ने अनि मतदान गर्ने अनि घरमा आराम गर्ने ।”

उनले आफूले मतदान गरेपछि आनन्दित फिल गरेको पनि सुनाए। उनले भने,‘आनन्द फिल गरेको छु, एकदमै तरंगित, अनि प्रशान्त है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *