एजेन्सी । फरवार्डद्वय ह्यारी केन र ह्युङ मीन सन चम्केपछि नर्थ लण्डन डर्बीमा टोटेन्हाम हट्सपरले शानदार जीत निकालेको छ । गएराति भएको खेलमा १० खेलाडीमा समेटिएको आर्सनललाई ३-० गोलले पराजित गर्दै टोटेन्हामले शिर्ष चारको सम्भावना जीवीत राखेको हो ।
घरेलु मैदान टोटेन्हाम हट्सपर रंगशालामा भएको खेलमा टोटेन्हामलाई जीत दिलाउन ह्यारी केनले दुई गोल गर्दा ह्युङ मीन सनले एक गोल गरे । खेलको २२ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटेन्हामलाई शुरुवाती अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा रोब होल्डिङ रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो ।
३७ औं मिनेटमा बेन्टान्चुरको पासमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेन्हामको अग्रता दोब्बर बनाए । ४७ औं मिनेटमा सनको पासमा टोटेन्हामले गोल गर्दै घरेलु टोलीलाई ३-० गोलको अग्रता दिलाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा टोटेन्हाम ३-० गोलले विजयी भएको हो ।
जीतसँगै टोटेन्हाम ३६ खेलबाट ६५ अङ्क जोड्दै लिगको पाँचौ स्थानमा रहेको छ । समान खेलबाट ६६ अङ्क जोडेको आर्सनल चौथो स्थानमा यथावत छ ।