हवानाको होटलमा भएको विस्फोटमा थप १२ को मृत्यु

क्युबाको हवानामा रहेको एक होटलमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या थप बढेको छ । अधिकारीहरुले होटलमा भएको विस्फोटमा परी मंगलबार थप १२ जनाको ज्यान गएको बताएका छन् ।

विस्फोटमा परेर ३० जनाको ज्यान गएकामा सोमबार र मंगलबार थप १२ जनाको ज्यान गएको बताइएको छ । जनस्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार घटनामा अरु ९६ जना घाइते भएका छन् । केही दिन अघि सो होटलमा त्यहाँ रहेको ग्याँस सिलिण्डर विस्फोट भएको थियो । विस्फोट पछि आगलागी भएको थियो ।

आगलागीबाट होटलमा क्षति पुगेको छ भने यहाँका कर्मचारीहरुको मृत्यु भएको हो । जनस्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा अहिलेसम्म ४२ जनाको ज्यान गएको र अरु ९६ जना घाइते भएका छन् । ती मध्ये १३ जना युवा र अरु पाँच जना बालबालिका अझै पनि अस्पताल भर्ना भएका छन् । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *