दक्षिण कोरियाले उत्तर कोरियासँगको वार्ताको ढोका खुला राख्ने

दक्षिण कोरियाले उत्तर कोरियासँगको वार्ताको ढोका खुला राख्ने जनाएको छ । दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपति युन सुक–येउलले नेसनल एसेम्ब्लीमा भएको सपथ समारोहपछि सम्वाददाताहरुसँग कुरा गर्दै आफूले उत्तर कोरियासँग वार्ताको ढोका सधैँ खुला राख्ने बताएका हुन् ।

उनले भने,‘हामी सबै समस्याहरुको समाधान शान्तिपूर्ण रुपमा वार्ताबाट गर्न सकिन्छ भन्ने विश्वास गर्छौँ त्यसैले हामी सबैसँग वार्ताको ढोका खुला राख्दछौँ ।’ दक्षिण कोरियाका राष्ट्रपतिको पाँच वर्षे कार्यकाल सुरु भएको छ । उनले आफ्नो कार्यकालमा उत्तर कोरियासँग वार्ता गर्ने र कोरियाली प्रायद्धीपको समस्या शान्तिपूर्ण वार्ताका माध्यमबाट समाधान गर्ने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *