USAID

चुनावको विषयमा कर्णालीका गाउँमा दैनिक झगडा, गएरातिको झडपमा दुई जना घाइते

रोल्पा। रोल्पाको गङ्गादेव गाउँपालिका–५ मा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच गए राति झडप भएको छ। झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन्।

घाइते हुनेमा कांग्रेस तरुणदलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर छन्। माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरी शक्त घाइते बनाएको कांग्रेस गङ्गादेव गाउँपालिकाका कार्यकर्ता सुनिल वलीले जानकारी दिए।

तरुणदलका वडाध्यक्ष बुढामगरको अवस्था गम्भीर छ। उनलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ।

CivActsAd

Leave a Reply

Your email address will not be published.