शैक्षिक प्रमाणपत्रनै नक्कली भएका शिक्षकविरुद्ध भ्रष्टाचार मुद्धा दायर

काठमाडौं । पाँचथरमा एक शिक्षकले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी शिक्षकको नियुक्ति लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । पाँचथरको तुम्वेबा गाउँपालिका–४ मा रहेको धुवाखोला आधारभूत विद्यालयका तत्कालीन प्रावि शिक्षक (करार) बिरजुकुमार गच्छदारविरुद्ध आयोगले मुद्दा दायर गरेको हो।

गच्छदारले प्रावि तृतीय श्रेणी अस्थायी करार शिक्षक पदमा दरखास्तको लागि धुवाखोला आधारभूत विद्यालयमा प्रोफीसिएन्सी सर्टीपिकेट लेभलको शौक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी नियुक्तिसमेत लिएको अख्तियारले बताएको छ ।

आयोगको विज्ञप्तिमा भनिएको छ, ‘आफूलाई लाभ हुने बदनियत राखी भ्रष्टाचार गरेको पुष्टि हुन आएको देखिँदा निज उपर भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुरमा सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *