बेलका नगरपालिकामा अधुरा काम पूरा गर्न मेरो उम्मेदवारीः दुर्गा थापा

सुमित्रा कोइराला, उदयपुर । उदयपुरका चार नगरपालिकामध्ये सवैभन्दा कान्छो नगरपालिका हो बेलका नगरपालिका । उदयपुरको पूर्वी भागमा अवस्थित बेलका नगरपालिका कृषी,पर्यटन, मत्स्य पालन, स्वास्थ्य, शिक्षाको प्रचुर सम्भावना बोकेको नगरपालिकामा पर्दछ ।

सोही नगरपालिकामा २०७४ को स्थानीय तहमा मेयर पदमा निर्वाचित भएका मेयर दुर्गा कुमार थापा (स्वस्तिक) को जन्म २०२० सालमा आमा विष्णु कुमारी थापा र वुवा सूर्य बहादुर थापाका ३ छोरा ३ छोरी मध्ये पहिलो सन्तानको रुपमा खोटाङ्गको चुईचुम्मामा भएको हो । आफ्नो बाल्यकाल खोटाङ्गको चुईचुम्मामा बित्यो प्राथमिक स्तरको पढाई खोटाङ्गमै भएको थापाको परिवार २०३० सालमा उदयपुरको साविक रामपुर ठोक्सिला हाल बेलका नगरपालिकामा बसाई सराई गरि आएका हुन् ।

जनता माध्यमिक विद्यालय जहडा रामपुर ठोक्सिलामा कक्षा ७ सम्मको अध्ययन पूरा गरेका थापाको माध्यमिक तहको अध्ययन भने राजदेवी माध्यमिक विद्यालय राजविराज सप्तरीमा भयो। उनले सोही विद्यालयवाट प्रथम श्रेणीमा एसएली उत्तीर्ण गरे । विद्यालय स्तरको अध्ययनको सिलसिलामा २०३५र३६ सालमा राजनीतिमा होमिएका थापा अनेरास्वियूमा आवद्ध भई त्रियुगा जनता क्याम्पसको स्ववियू सभापतिमा निर्वाचित भई राजनीतिमा थप सक्रिय भएका थापा स्नातकोत्तर तह सम्मको अध्ययन पुरा गरेका छन् । २०४५/४६ सालको आन्दोलनमा सक्रिय सहभागी भएका थापाले प्रहरीको दिएको शारीरिक यातना र हिरासतमा समेत बस्नुपर्यो।

विद्यार्थी राजनीतिवाट पार्टी राजनीतिमा प्रवेश गरेका थापा नेकपा मालेको प्रथम जिल्ला अधिवेशन आयोजक कमिटीको सदस्य भए । २०४७ सालको प्रथम जिल्ला अधिवेशनवाट २०७८ साल सम्म नेकपा एमालेको उप सचिव सम्म भई निरन्तर काम गरेको अनुभव उनको छ।

२०५३ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल उदयपुर सदस्य भएका थापाले नेकपा एमालेको केन्द्रीय स्थानीय तह विभागको सदस्यको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरेका थापा २०५४ सालमा नेकपा एमालेको तर्फवाट रामपुर ठोक्सिला गाउँ विकास समितिको अध्यक्ष निर्वाचित भई सफल कार्यकाल पूरा गरेका छन् । थापा २०७४ सालको स्थानीय तह निर्वाचनमा बेलका नगरपालिकाको नगरप्रमुख पदमा निर्वाचित भए । पार्टीमा बेग्लै छवी बनाएका थापा नेकपा एमालेको प्रदेश कमिटी सदस्यको भूमिकामा छन् ।

साहित्यमा पनि उत्तिकै रुचि देखाउने थापाले प्रगतिशिल लेखक सँघको सदस्य भई काम काम गरे । विभिन्न संघ संगठनको केन्द्रीय स्थानीय निर्वाचनको जिम्मेवारी लिई निर्वाचन सम्पन्न गराएका थापा उदयपुरको गैर सरकारी संस्थाको राम्रो व्यवस्थापकका रुपमा चिनिन्छन् । बाल बालिकको हक हितमा लागिपरेका थापा बाल अधिकार सम्बन्धी अनेकौ काम गरेर राष्ट्रपतिबाट उत्कृष्ट बाल अधिकारकर्मीको रुपमा सम्मानित भएका छन् ।

नेपालका विभिन्न ठाउँहरुको भ्रमण गरेका थापा छिमेकी राष्ट्र भारत थाइल्याण्ड, श्रीलंका, बंगलादेश, चीनलगायत अन्य युरोपियन र अफ्रिकी देशको भ्रमण गरी त्यहाँको विकासवाट लालाहित भएका छन् । थापाको स्वास्थ्य क्षेत्रको लगाव झुकाम झनै प्रसंसनिय छ। नगरपालिकामा सर्पदंश उपचार केन्द्रको स्थापना गरेका छन् । सो केन्द्रको नाम अस्मिता राई सर्पदंश उपचार केन्द्र राखिएको छ। बेलका नगरमा नगर नागरिक साझेदारी कार्यक्रम संचालन गरी चन्दा संकलन गरी अक्सिजन प्लान्ट स्थापना गरेका छन् । समस्यामा परेका नगरवासीको लागि सपोर्ट अन द स्पोर्टस भन्ने कार्यक्रम संचालन गरिएको छ जसले नगरबासीका समस्यालाई उनीहरुकै घरदैलोमा पुगेर सहयोग गर्छ।

नगर आँखा अस्पतालको स्थापना गरिएको छ। सप्तकोशीमा जल यातायात संचालन प्याराग्लाईडिङ्गको सफल परीक्षण, मैनामैनीलाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउन भौतिक संरचना निर्माण लगायत पर्यटनको क्षेत्रमा महत्वपूर्ण कामहरु गरिएका छन् । कृषि क्षेत्रमा चक्लाबन्दी खेति पकेट क्षेत्र लगायतका उल्लेखनीय कामहरु भएका छन् । सडक संजाल विस्तार स्तरोन्नति कालोपत्रेका कामहरु भएका छन्। शिक्षा क्षेत्रका कामहरु बर्णन गर्न लायक छन्।

नगरपालिका भवन लगायत अन्य सरकारी संरचनाहरुको निर्माण गरिएको छ। सुत्केरी महिलाहरुको लागि निःशुल्क एम्बुलेन्स सेवा उपलव्ध छ। नगर अस्पतालको शुभारम्भ गरेका छन् । सुकुम्बासीको लागि लालपूर्जा वितरणको काम थालिएको छ। मठ मन्दिर निर्माण मर्मत सम्भार लगायत अन्य धर्मावलम्बीहरुको लागि संरचना तयार गरिएको छ। नगरपप्रमुख थापाले यस नगरपालिकामा उल्लेख्य कामहरु गरेका छन् ।

उम्मेदवारी किन ?
बेलका नगरपालिकाम पहिलो कार्यकालमा थालिएका लालपूर्जा वितरण गर्न, नगर अस्पताल बनाउन, फोहोर व्यवस्थापन तथा उत्थान केन्द्र संचालन, चार्जिङ्ग स्टेशन लगायतका अधुरा कामहरु पूरा गर्न । वर्तमान अप्राकृतिक गठबन्धनलाई परास्त गर्न, विद्युतिय माध्यमवाट शासन संचालन गर्न। बायुमण्डलबाट कार्वन हटाउन र कार्वन व्यापारवाट नगरको आम्दानी बढाउन, समावेशी पुर्वाधार निर्माण गर्दै ग्रेडर रोलर खरिद गरी सवै वडाका रिङ्ग रोड पिच गर्न।

सामाजिक न्याय सहितको समावेशी नगर बनाउदै समृद्धिको लागि, दिगो विकास लक्ष्य पूरा गर्ने आधार तयार गर्न, विकासमा अपनत्व र सहभागिता बढाउन, हरियाली र उज्यालो बेलका बनाउन, सामुदायिक बीमा कार्यक्रम र किसान पेन्सन लागू गर्ने जस्ता योजना सहित दोस्रो पटक उम्मेदवार बनेका थापाले आफूलाई मत दिई विजयी गराउन नगरबासीहरुलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *