चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आज सुदूरपश्चिम जाँदै

काठमाडौं, बैशाख २२ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सुदूरपश्चिम जाँदै छन्।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनअन्तर्गत कञ्चनपुर र कैलालीका तीन ठाउँमा चुनावी आमसभालाई सम्बोधन गर्न ओली आज सुदूरपश्चिम प्रदेश जान लागेका हुन्।

उनले कञ्चनपुरको बेलौरी नगरपालिका, कैलालीको धनगढी र बर्दगोरियामा आयोजना हुने आमासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *