काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा बदलीः वर्षाको सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका पहाडी भू–भागमा आज बदली रहेको छ। गएराति काठमाडौंका केही क्षेत्रमा वर्षा भएको थियो।

स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुका कारण बदलीसँगै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो पहाडी भू(भागका केही र तराईका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थानमा र बाँकी प्रदेशका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहीबार पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ।

राति प्रदेश १ , मधेश, बागमतीका केही र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *