को हुन् त अर्जुन चौपारी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार प्रकाश तिवारी

स्याङ्जा । नेपाली कांग्रेसबाट अर्जुन चौपारी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार हुन् प्रकाश तिवारी । उनी सफल ब्यवसायीको रुपमा पनि स्थापित भएका युवा हुन। बिबिए काठमाण्डौ विश्वविद्यालयबाट गरेका उनले एमबिए भारतीय दूतावासको छात्रवृत्ति मार्फत आफ्नो शिक्षा प्राप्त गरेका थिए ।

उनी विभिन्न संघ संस्थामा आबद्ध रहँदै आएका छन् । तिवारी २२ वर्षको उमेरमा उद्यमी नेपाल भन्ने संस्थाको संस्थापक अध्यक्ष थिए भने २४ वर्षको उमेरमा ह्याथवे फाइनान्सको निर्देशक, २६ वर्षको उमेरमा र्याडीसन् होटलको निर्देशक, एकाड फार्मास्युटीकल्सको निर्देशक, एफएनसीसीआई बैंकिङ तथा बीमा समितिको केन्द्रिय सदस्य, एफएनसीसीआई कर तथा राजश्व समितिको केन्द्रिय सदस्य, एफएनसीसीआई एनआरएन र दिराष्ट्रिय समितिको केन्द्रीय सदस्य भएर काम गरेका सफल युवा व्यवसायि हुन् ।

तिवारीले २० वर्षको उमेरमा नेपाली कांग्रेसको क्रियाशील सदस्य लिएका थिए । उनी नेपाली कांग्रेसको उद्योग वाणिज्य विभागका केन्द्रिय सदस्य पनि भएर काम गरिसकेका छन् भने तिवारी भर्खरै सम्पन्न भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट स्याङ्जा क्षेत्र नं १(ख) प्रदेश सभापति भएका हुन् । उनले आफूले विर्वाचन जितेको खण्डमा भष्ट्राचार रहित प्रशासन, गुणस्तरिय विद्यालय शिक्षा, घर दैलोमा स्वास्थ्य सेवा, ग्रामीण अर्थतन्त्रको विकास, ग्रामीण पर्यटनको प्रवर्दन,समतामूलक समाज निर्माण, खानेपानी तथा सरसफाइको उचित व्यवस्थापन, स्थानीय स्रोतसाधनको एथोचित पहिचान र उपयोग लगायतका प्रतिवद्धता जनाएका छन् ।

युवा माझ निकै लोकप्रिय रहेका तिवारीको जीत निश्चित भएको स्थानीय बासीहरुले बताएका छन् । नेपाली कांग्रेसबाट अर्जुन चौपारी गाउँपालिकामा अध्यक्षमा उम्मेदवार प्रकास तिवारी र उपाध्यक्षमा सपना गुरुङ रहेका छन् । उपाध्यक्ष गुरुङ पनि स्थानीय जनता बीच निकै लोकप्रिय रहेको सबैले बताउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *