USAID

को हुन् त अर्जुन चौपारीबाट उपाध्यक्षको उम्मेदवार सपना गुरुङ

स्याङ्जा । सपना गुरुङ नेपाली कांग्रेस अर्जुन चौपारी गाउँपालिकाबाट उपाध्यक्षको उम्मेदवार हुन् । सानै उमेरदेखि नै राजनीतिमा होमिएकी महिला नेतृ गुरुङ २०५४ साल देखि नै नेबिसंघमा सक्रिय भई विद्यार्थीका हक र हितको लागि लडेकी थिइन् ।

गुरुङ साविक रापाकाेट गाविसकाे महिला संघ सभापति हुँदा उनले महिलाहरूका लागि विभिन्न रचनात्मक कार्यक्रम गरी महिलाहरुको विकासको लागि काम गरेकी थिइन् । उनी नेपाली कांग्रेसको १२ औं महाअधिबेसनबाट २३ बर्षकाे उमेरमा नै क्षेत्रिय प्रतिनिधि भएकी थिइन् ।गाउँपालिका बनिसकेपछि उनी अर्जुन चौपारी गाउँपालिकाको नेपाल महिला संघको सभापति भइन र २८ वर्षको उमेरमा नै उनी नेपाल महिला संघ स्याङ्जाको जिल्ला सदस्य भएकी थिइन् ।

उनी भर्खर सम्पन्न भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नेपाली कांग्रेसको जिल्ला सदस्य पदमा निर्विरोध निर्वाचित भएकी थिइन् । उनी निडर भई नेपाली कांग्रेसको संगठन निर्माणमा रापाकोट र समग्र अर्जुन चौपारी गाउँपालिकामा धेरै योगदान गरिन् । उनीले महिला सशक्तिकरणको क्षेत्रमा पनि ठूलो योगदान गरेकी छिन् ।

गुरुङले आफू पालिकाको उपाध्यक्ष भएको खण्डमा महिलाहरुलाई आयमुलक, स्वरोजगार, महिलाहरुको वृदिविकास, सिपमुलक तालिम, सुन्य भ्रष्टाचार, शिक्षा, पूर्वाधार, पर्यटन, स्वास्थ्य , कृषिको आधुनिकरण र बजारीकरण, युवा लक्षित कार्यक्रम, वृद् वृदा लक्षित कार्यक्रम ल्याउने प्रतिवद्धता दिएकी छिन् । उनले जनताहरूलाई दुःख पर्दा धेरै सहयोग गर्ने गरेको स्थानीयबासीहरुले जनाएका छन् ।

उनी सहयोगी, मिलनसार, स्पष्ट वक्ता, विकासप्रेमी नेतृको रुपमा परिचित छिन् । गुरुङको यस बानीले गर्दा उनको जीत सुनिश्चित भएको स्थानीय बुद्धिजीवीहरूले बताउने गरेका छन् । नेपाली कांग्रेसबाट अर्जुन चौपारी गाउँपालिका अध्यक्ष उम्मेदवार प्रभावशाली युवा नेता प्रकाश तिवारी छन् भने  उपाध्यक्षमा सपना गुरुङ रहेकी छिन् ।

CivActsAd

Leave a Reply

Your email address will not be published.