पन्ध्र ग्यास पसललाई कारबाही

काठमाडौं। ग्यासको कृत्रिम अभाव गर्ने व्यापारीविरुद्ध कारबाही हुन थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो साता ग्यास लुकाएको गुनासोका आधारमा अनुगमन गरेर ग्यास लुकाउने १५ वटा ग्यास पसललाई कारबाही गरेको हो ।

कारबाही गरिएकामध्ये आठवटा पसललाई आर्थिक जरिवाना गरिएको अरू ग्यास पसल सञ्चालकलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागका सूचना अधिकारी धनेश्वर पौडेलले जानकारी दिए ।

ग्यास लुकाएको सूचनाका आधारमा अनुगमन गर्दा ग्यास पसल सञ्चालक कारबाहीमा परेका हुन् । कारबाहीमा पर्नेमध्ये अधिकांशले अनुगमनका क्रममा पसल बन्द गरेर असहयोग गरेको कसुरमा कारबाही गरिएको सूचना अधिकारी पौडेलले जानकारी दिए । विभागले बिहीबार काठमाडौँ महानगरपालिका–३२ मा रहेको खाद्य तथा ग्यास अनुगमन गर्ने क्रममा ती पसलले ग्यास लुकाएर उपभोक्तालाई नदिएको पाइएपछि २० हजार रुपैयाँ जरिवाना गरिएको थियो ।

काठमाडौं महानगरकै अन्य दुईवटा ग्यास पसलको अनुगमन गरी खरिद बिल दिन नसकेपछि पाँचरपाँच हजार रुपियाँका दरले जरिवाना गरिएको छ । बुधबार पनि तीनवटा ग्यास उद्योगको अनुगमन दुईवटालाई कारबाही र कागजातसहित विभागमा उपस्थिति हुन निर्देशन दिएको विभागले जनाएको छ ।

त्यसैगरी मङ्गलबार उजुरीका आधारमा अनुगमन गरिएका छवटा ग्यास उद्योगमध्ये तीनवटाले ग्यास लुकाएको प्रमाणित भएपछि २०र२० हजार रुपैयाँका दरले जरिवाना गरिएको र तीनवटालाई कागजातसहित विभागमा उपस्थिति हुन निर्देशन दिएको सूचना अधिकारी पौडेलले जानकारी दिए । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *