एजेन्सी । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको गोलको सहयोगमा इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड हारबाट जोगिएको छ । बिहीबार राति घरेलु मैदान भएको खेलमा युनाइटेडले चेल्सीसँग १-१ गोलको बराबरी खेलेको हो ।
ओल्ड ट्राफोर्डमा भएको खेलमा चेल्सीको लागि मार्को एलोन्सोले गोल गर्दा युनाइटेडको लागि रोनाल्डोले गोल फर्काए । खेलको ६० औं मिनेटमा हाभेर्ट्जको क्रसमा एलोन्सोले भली प्रहारमा गोल गर्दै चेल्सीलाई शुरुवाती अग्रता दिलाएका थिए । ६२ औं मिनेटमा माटिकको पासमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई १-१ गोलको बराबरीमा ल्याए ।
बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल १-१ गोलको बराबरीमा सकिएको हो । बराबरीसँगै दुवै टोलीले एक/एक अङ्क बाढे । यससँगै चेल्सी ३३ खेलबाट ६६ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा छ भने दुई खेलबढि खेलेको युनाइटेड ५५ अङ्कको साथ छैटौं स्थानमा यथावत छ ।