हुम्लामा म्यादी प्रहरी मृत फेला

हुम्ला, बैशाख १६ । हुम्ला सदरमुकाम सिमकोटमा एकजना म्यादी प्रहरीको मृत्यु भएको छ । सिमकोट माथिल्लो बजारस्थित साथीको कोठामा पुगेका एकजना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।

सर्केगाड गाउँपालिका–६ घर भइ हाल सिमकोटमा रहेका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको ओझाले बताए । उनी साथीको कोठामा मृत फेला परेका थिए । झ्यालरढोका बन्द रहेको र उनी भुइँमा मृत फेला परेको ओझाले बताए । रोकायाको मृत्यु निसासिएर भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *