गभर्नरको मुद्दामा आज सुनुवाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दा बिहीबार पनि ‘हेर्दाहेर्दैमा’ रहेको छ। सर्वोच्च अदालतमा सुनुवाइ नसकिएका कारण आज सुनुवाइ हुनेगरी हेर्दाहेर्दैमा रहेको हो। न्यायाधीशहरू सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा रहेको मुद्दामा शुक्रबारका लागि पेशी तोकिएको छ।

सर्वोच्चले वैशाख ६ मा गर्भनर अधिकारीलाई पदीय जिम्मेवारीमा फर्कन अन्तरिम आदेश जारी गरेको थियो। दुवै पक्षको छलफलपछि सर्वोच्चले अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा टुंगो लगाउनेछ। सर्वोच्चको आदेशपछि गर्भनर अधिकारी आफ्नो नियमित काममा फर्किसकेका छन्।

न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले सरकारले गर्भनर अधिकारीलाई गरेको निलम्बन फुकुवा गर्दै काममा फर्कन आदेश गरेको थियो। सर्वोच्चको आदेशसँगै सरकारले गठन गरेको छानबिन समिति तत्कालका लागि अर्थहीन बनेको हो। सरकारले अधिकारीलाई निलम्बन गर्नुको लिखित कारण १५ दिनभित्र पेस गर्नसमेत आदेश गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *