मेक्सिकोको सिमेन्ट उद्योगमा झडप हुँदा ८ कामदारको मृत्यु

मेक्सिकोको राज्य हिडाल्गोको सिमेन्ट प्लान्टमा कार्यरत कामदारका दुई विरोधी समूहबीच भएको झडपमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।

झडपमा संलग्न नौ जना कामदारलाई हिरासतमा लिइएको छ । यो झडप प्लान्टको प्रशासनको नियन्त्रणलाई लिएर कामदारहरू बीचको लामो समयदेखि चलिरहेको विवादसँग जोडिएको संचारमाध्यमले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *