काठमाडौ । अछाममा चक्कु प्रहारबाट चारजना घाइते भएका छन् । ढकारी गाउँपालिका–१ का मानबहादुर बुढा, हिक्मतबहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढामाथि बुधबार राति चक्कु प्रहार भएको हो ।
स्थानीय तपेन्द्र बुढालगायत १० जनाको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरीले कार्यालय अछामले जनाएको छ ।
स्थानीयको बिहे भोजमा मदिरा सेवनपछि दुई समूहबीच ढुंगा हानहानको भएको थियो । यही अवस्थामा तपेन्द्र बुढाको समूहले चक्कु प्रहार गरेको प्रहरीको भनाइ । तपेन्द्र प्रहरीको नियन्त्रणमा छन् । अन्य फरार रहेका छन् ।
चक्कु प्रहार गरी घाइते भएकाको स्वास्थ्य चौकी ढकारीमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । मानबहादुरको टाउको र ढाडमा चोट लागेको छ भने हिक्मतबहादुर टाउको र हातखुट्टामा चोट लागेको छ ।
उनीहरूको अवस्था गम्भीर छ । तुलसी बुढाको टाउकोमा र खगेन्द्र बुढाको हात९खुट्टामा चोट लागेको छ । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।