भिल्लारियलमाथि लिभरपुलको जीत

एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा इङ्लिस क्लब लिभरपुलले सहज जीत निकालेको छ । बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब भिल्लारियललाई २-० गोलले पराजित गर्दै लिभरपुलले फाइनल प्रवेश गर्ने सम्भावना बलियो बनाएको हो ।

घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुललाई जीत दिलाउन साडियो मानेले एक गोल गर्दा एक गोल उपहार पाएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३ औं मिनेटमा पेर्भिस एस्टुपिनानले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि लिभरपुलले खेलमा अग्रता लिएको थियो ।

लगत्तै दुई मिनेटपछि सलाहको पासमा मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा लिभरपुल २-० गोलले विजयी भयो । अब दुई टोलीबीचको दोस्रो लेग ३ मे मा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *