वडा अध्यक्षमा युवाहरुको आकर्षण

वालिङ । यतिबेला देशभरि नै चुनावी माहोल बढेको छ। दलहरुले आफ्ना उम्मेदवारहरु टुङ्ग्याएर र नोमिनेशन पनि गरी सकेका छन् । त्यस्तै वालिङ नगरपालिकामा पनि चुनावी चहलपहल पनि बढेको छ ।

कांग्रेसले पालिकाको सबै वडाका प्रतिनिधिहरू टूङगाइसकेको छ र निर्वाचन आयोगमा दर्ता पनि गरिसकेका छन् । नेपाली कांग्रेस वालिङले धेरै जसो वडामा युवा उम्मेदवारहरुको नाम टुंगोमा पुराएको छ । वडा नं १o मा युवा व्यवसायी सुनिल खनाल मैदानमा उत्रिएका छन् । उनी युवा माझ निकै लोकप्रिय रहेका छन् । उनी तरुण युवाहरु माझ निकै लोकप्रिय भएको र यसकारण उनको जीत सुनिश्चित रहेको कुरा स्थानीयले जनाएका छन् ।

यस्तै वडा नं ११ मा बौद्धिक प्रभावशाली युवा डण्ड पानी पंगेनी वार्ड अध्यक्षमा उठेका छन् । उनले नेबि संघ, तरुण दल हुँदै राजनीतिक यात्रामा अगाडि बढाएका थिए । उनी हाल शिक्षक संघ स्याङ्जा साविक क्षेत्र नं २ का सभापति पनि हुन । पंगेनी ट्रेड युनियन कांग्रेस स्याङ्जाका उपाधक्ष, विश्व हिन्दू युवा संघका केन्द्रीय सदस्य र नेपाली कांग्रेस क्षेत्र नं २(क) का प्रदेश सचिव हुन् । उनी प्रदेश सचिवमा लोकप्रिय मतका साथ विजयी भएका थिए । संगठनात्मक हिसाबले पनि उनी अब्बल र बौद्धिक र विपक्षीहरूसंग पनि राम्रोसँग टक्कर लिन सक्ने युवामा परिचित छन् ।

यस्तै वडा न १२ मा पनि नेपाली कांग्रेसले युवा उम्मेदवार नै उठाएको छ । वडा नं १२ मा कमल कुँवरलाई उठाएको छ । कुँवर नेबिसंघ वालिङ बहुमुखी क्याम्पस कार्यसमितिका सभापति पनि हुन् । कुँवर विद्यार्थीको हक र अधिकारको लागि लड्दै आएका विद्यार्थी नेता हुन् । कुँवर कांग्रेसको १४ औं महाधवेशनबाट प्रदेश अधिवेशन प्रतिनिधिमा लोक प्रिय मत प्राप्त गरेका थिए । कुँवरले कोरोनाको पहिलो दोस्रो लहरको बेलामा गाउँगाउँमा गएर बिरामीहरूलाई सहयोग गरेका थिए । गाउँका हरेक समस्यामा उनी आफै पुगेर समस्याको समाधान गर्ने गरेको वार्ड बासीहरुले बताएका छन् । यसकारण पनि उनी विजयी हुने कुरामा कुनै संका नभएको स्थानीय बताउँछन्।

यस्तै वडा नं १४ मा पनि काँग्रेसले युवा उम्मेदवार नै खडा गरेको छ । उक्त वार्डमा बोधराज कुँवर (राजु) लाई उम्मेदवार को रुपमा आगडि बढाएको छ । कुँवर पनि स्थानिय जनता माझ निकै लोकप्रिय रहेका छन् । उनी जनताको हरेक दुःख सुखमा पुग्ने गरेको र समस्या परेमा सम्बन्धित ठाउँमा पहल गर्ने गरेको स्थानियहरु बताउँछन् । उनी नेपाली कांग्रेस क्षेत्र नं २(क) कार्यसमिति सह सचिव हुन् ।

यस्तै वडा नं ५ मा पनि काँग्रेसले छवि आले अगाडि सारेको छ । आले पनि निकै लोकप्रिय रहेका छन् । उनी नेपाली कांग्रेस वडा नं ५ का वडा सभापति पनि हुन् । यस्तै वडा नं ४ मा पनि काँग्रेसले युवा उम्मेदवार सुरेन्द्र चापागाई उठाएको छ । चापागाई पनि बौद्धिक ,मिलनसार,सहयोगी युवा हुन् । यस्तै वडा नं ९ मा दीपक श्रेष्ठलाई उम्मेदवारको रुपमा खडा गरेको छ  भने वडा नं १ मा पदम गुरुङ, वडा नं २ मा पोत प्रसाद लम्साल, वडा नं ३ मा ढल बहादुर गुरुङ, वडा नं ६ मा भोजिन्द्र गुरुङ, वडा नं ७ मा भोजराज गुरुङ, वडा नं ८ मा कमल सुवेदी, वडा नं ९ मा दीपक श्रेष्ठ र वडा नं १३ मा चण्डी प्रसाद पाठकलाई कांग्रेसले खडा गरेको छ ।

नेपाली कांग्रेसबाट वालिङ नगरपालीकाको मेयरको उम्मेदवार दिलीप प्रताप खाड र उप मेयरमा कविता तिवारी गैह्रे हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *