नेपाल र जिम्बाब्वेबीच हुने सिरिजको प्रत्यक्ष प्रशारण डिसहोमबाट

काठमाडौं । कीर्तिपुरमा हुने नेपाल र जिम्बाब्वेबीच हुने एकदिवसीय र टि-२० सिरिजको प्रत्यक्ष प्रशारण डिसहोमले गर्ने भएको छ । बुधबार नेपाल क्रिकेट संघ(क्यान)ले सिरिजको प्रत्यक्ष प्रशारण डिसहोम एक्सन स्पोर्ट्सले गर्ने जनाएको हो ।

यस्तै ओएसआर डिजिटलले डिजिटल प्लाटफर्मको प्रत्यक्ष प्रशारण गर्नेछ । नेपालले टियु क्रिकेट मैदानमा जिम्बाब्वे ‘ए’ सँग तीन खेलको एकदिवसीय र तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ । एकदिवसीय सिरिज वैशाख १७ देखि २१ सम्म हुनेछ भने टि-२० सिरिज वैशाख २३ देखि २६ सम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *