सहमतिविपरित दर्ता भएका उम्मेदवारी फिर्ता गराउने गठबन्धनको निर्णय

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा गठबन्धनको निर्णय विपरित दर्ता भएको उम्मेदवारी सम्बन्धित दलले फिर्ता गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले देशका ६ महानगरपालिका र ११ उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा पाँच दलीय गठबन्धनको सहमतिविपरित दर्ता भएका उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *