USAID

लुम्बिनी प्रदेशमा २२ हजार ४२१ जनाको उम्मेदवारी

लुम्बिनी । स्थानीय तह निर्वाचनका लागि लुम्बिनी प्रदेशमा २२ हजार ४२१ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोग नेपालले आज सार्वजनिक गरेको सूचनाअनुसार स्थानीय तहको प्रमुखमा ४०४ जनाले मनोनयन दर्ता गराएका छन् भने उपप्रमुखमा २८५ जनाले दर्ता गराएका छन् ।

पालिकाको अध्यक्ष पदमा ५४६ र उपाध्यक्ष पदमा ४२० जनाले मनोनयन दर्ता गराएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । वडाध्यक्ष पदमा पाँच हजार १०२ को मनोनयन परेको छ । महिला सदस्यमा तीन हजार ८८६, दलित महिला सदस्यमा तीन हजार ६०३ र सदस्यमा आठ हजार १७५ ले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ । आयोगको सूचना अनुसार गुल्मी जिल्लामा एक हजार ३२० ले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी पाल्पामा एक हजार १०८, अर्घाखाँचीमा ८७२ जना र कपिलवस्तुमा तीन हजार ३२ ले उम्मेदवारी दर्ता गराएका छन् । रुकुम पूर्वमा ३९७ जना, रोल्पामा एक हजार १६३ जना, प्युठानमा ९७१, दाङमा दुई हजार ३६२ जना र बाँकेमा दुई हजार ३२७ ले उम्मेदवारी दर्ता गराइका छन् । यसैगरी बर्दियामा एक हजार १७५२ जना र नवल