USAID

मनोनयन दर्तासँगै मुलुकको वातावरण निर्वाचनमय

नारायण ढुङ्गाना, काठमाडौँ । मुलुकका ७५३ वटै स्थानीय तहमा राजननीतिक दलबाट उम्मेदवारी मनोनयन दर्तासँगै मुलुकको वातावरण निर्वाचनमय बन्न पुगेको छ ।

यही वैशाख ३० मा हुन लागेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछिको दोस्रो स्थानीय तह निर्वाचन आउन अब १७ दिनमात्रै बाँकी रहँदा निर्वाचन आयोगले आफ्नो तयारीलाई अझै तीव्र पारिरहेको छ भने राजनीतिक दल र तिनका कार्यकर्ता चुनावी मैदानमा होमिएका छन् । उनीहरू निर्वाचन आयोगले तोकिदिएअनुसारका चुनावी प्रचारप्रसार सामग्रीका साथ लागेका देखिन्छन् ।

प्रविधिको प्रयोगलाई अधिकतम उपयोग गरेकाले सामाजिक सञ्जाल चुनावमय बनेको छ । उम्मेदवारको ट