देउवाद्वारा डडेल्धुराका पार्टीका निवर्तमान सभापति मल्ल पार्टीबाट निस्कासित

काठमाडौँ । नेपाली कांग्रेस डडेलधुराका निवर्तमान सभापति कर्ण मल्ल पार्टीबाट निष्काशित भएका छन् । मल्लले कांग्रेसको विधान विपरीत गतिविधि गरेको भन्दै सभापति देउवाले कारवाही गरेका हुन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलले मल्ललाई पार्टीको सदस्य समेत नरहने गरी हटाइएको जानकारी दिएका छन् ।

मल्ल यसअघि सभापति देउवाको स्वकीय सचिवको रुपमा काम गर्दै कांग्रेसको जिल्ला सभापति बनेका नेता हुन् । डडेलधुरा सभापति शेरबहादुर देउवाको गृह जिल्लासमेत हो । १४ औँ महाधिवेशनमा क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाएपछि डडेलधुरामा देउवा पक्षले एकलौटी जिल्ला अधिवेशन गरेको थियो ।

त्यसयता असन्तुष्ट रहेका मल्लले आफूनिकट नेता कार्यकर्तालाई स्थानीय तह निर्वाचनमा डडेल्धुराका स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिन लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *