दक्षिण कोरियामा एकै दिन ८० हजारलाई कोरोना संक्रमण

दक्षिण कोरियामा कोभिड संक्रमण बढ्दो देखिएको छ । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टाभित्र मात्र ८० हजार जना भन्दा बढीमा कोभिडको संक्रमण भएको छ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टा यतामात्र कम्तीमा पनि ८० हजार ३६१ जना संक्रमित भेटिएका छन् ।

यहाँ पछिल्ला हप्ताहरुमा कोभिडका संक्रमित बढ्दै गएकाले अहिले १ करोड ७० लाख मानिसमा कोभिडको संक्रमण पुगेको पाइएको नि समाचारमा जनाइएको छ ।यहाँ अघिल्लो हप्तासम्ममा दैनिक कम्तीमा पनि १ लाख मानिसमा कोभिडको संक्रमण पुगेको पाइएको थियो । यो हप्ता भने त्यसमा कमी आएर ३४ हजार जनामा संक्रमण पुगेको थियो ।

सोमबार मात्र यहाँ कोभिडका संक्रमित ८० हजार नाघेको बताइएको छ । तर पनि पछिल्ला दिनहरुमा कोभिडका संक्रमितहरुको संख्या घट्दै गएको देखिएको अधिकारीहरुले जनाएका छन् ।

यहाँका यी संक्रमितहरु मध्ये ६१३ जना संक्रमितको अवस्था गम्भीर रहेको पाइएको पनि दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । संक्रमणबाट पछिल्लो पटक ८२ जनाको ज्यान गएको बताइएको छ । यहाँ अहिलेसम्म कोभिडबाट २२ हजार ३२५ जनाको ज्यान गएको बताइएको छ ।दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँका कोभिड संक्रमितहरुमा मृत्यु दर भने न्यून रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *