USAID

स्थानीय तह निर्वाचनः चार गुणा बढी उम्मेदवारी

काठमाडौं, बैशाख १४ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक पदभन्दा चार गुणा बढी उम्मेदवारी परेको छ । देशका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका गरी कुल ७ सय ५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि १ लाख ५० हजार ५ सय ९८ जनाको उम्मेदवारी परेको हो । मंगलबार रातिसम्म पनि निर्वाचन आयोगले उम्मेदवारको विवरण रुजु गर्ने कार्य जारी राखेको थियो ।

निर्वाचन आयोगका अनुसार मंगलबार रातिसम्म नगर प्रमुखमा ३ हजार ४ सय ६६ जना र उपप्रमुखमा २ हजार १ सय ३६ जनाको उम्मेदवारी रुजु भएको छ । यसैगरी अध्यक्षमा ३ हजार ३ सय ७८ जना र उपाध्यक्षमा २ हजार ३ सय ९२ जनाको उम्मेदवारी द