USAID

महँगी बढ्यो भन्दै मुलुकभरका पूर्वाधार निर्माण ठप्प

काठमाडौं । समयमा काम नगर्ने आरोप लागिरहेका निर्माण व्यवसायीले महँगीलाई देखाएर मुलुकभरको पूर्वाधार निर्माणको काम ठप्प पारेका छन्।

नेपाल निर्माण व्यवसायी महासंघले पछिल्लो समय निर्माण सामग्रीको मूल्य अत्यधिक बढेको भन्दै पूर्वाधार निर्माणको काम ठप्प पारेका हुन्। महासंघको अगुवाईमा आइतबारदेखि अत्यावश्यक बाहेक अन्य पूर्वाधार निर्माणको काम ठप्प पार्दै कन्स्ट्रक्सन होलिडे घोषणा गरेका छन्।

महासंघका अध्यक्ष रवि सिंहले पछिल्लो समय निर्माण सामग्रीको माग अत्यधिक बढे पनि सरकारले व्यवसायीको माग सम्बोधन नगरेकाले बाध्य भएर कन्स्ट्रक्सन होलिडे घोषणा गरेको बताए। महासंघले निर्माण सामग्रीको अत्यधिक मूल्यवृद