बार्सिलोना पराजित

एजेन्सी । स्पेनिस लिग ला लिगामा क्याटलान क्लब बार्सिलोना पराजित भएको छ । आइतबार राति भएको खेलमा रायो भाल्लेकानोसँग १-० गोलले पराजित भएसँगै बर्सिलोनाले घरेलु मैदानमा लगातार तेस्रो हार बेहोरेको हो ।

क्याम्प नोउमा भएको खेलमा भाल्लेकानोलाई जीत दिलाउन अल्भारो गार्सियाले निर्णायक गोल गरे । पहिलो हाफको सातौं मिनेटमै पालाजोनको पासमा गार्सियाले गोल गर्दै भाल्लेकानोलाई शुरुवाती अग्रता दिलाएका थिए । खेल अवधिभर बार्सिलोनाले गोल गर्ने थुप्रै अवसर सिर्जना गरेपनि बललाई जाली चुमाउन नसक्दा हार बेहोर्न बाध्य भयो ।

हारसँगै बार्सिलोनाको लिग जित्ने सम्भावना समाप्त भएको छ । हाल बार्सिलोना ३३ खेलबाट ७३ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ । जुन शिर्ष स्थानमा रहेको रियल म्याड्रिडको भन्दा १५ अङ्क कम हो । अब म्याड्रिडलाई उपाधि जित्न ५ खेलमा १ अङ्क आवश्यक रहेको छ । यता भाल्लेकानो भने जीतसँगै ४० अङ्क जोड्दै ११ औं स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *