कांग्रेसमा उम्मेदवार छनोटको जिम्मा देउवालाई

काठमाडौं । नेपाली कांग्रेसले महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउने जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।

आइतबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख दुई पदको उम्मेदवारको निर्णय गर्ने जिम्मेवारी देउवालाई दिने निर्णय गरेको हो ।

बैठकले पार्टीको संसदीय समिति पनि गठन गरेको छ । पार्टीका पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेटेर बनाएको समितिामा १४ औं महाधिवेशनमा सभापति देउवासँग पराजित नेता शेखर कोइराला भने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *