USAID

१८ करोड राजस्व चुहावट गरेको अभियोगमा विभागद्वारा पाँच जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । राजस्व अनुसन्धान विभागले काठमाडौंको शुभलक्ष्मी इन्टरनेशनलसहित विभिन्न फर्मका सञ्चालक मनिषकुमार अग्रवालसहित ५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । विभागले मनिषसहित हितेशकुमार अग्रवाल, प्रमित महर्जन, विमल अग्रवाल, दीपेन्द्रकुमार अग्रवालविरुद्ध आइतबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो ।

उनीहरूले १८ करोड ५ लाख ६८ हजार ६४३ रुपैयाँ राजस्व चुहावट गरेको भन्दै विभागले मुद्दा दर्ता गरेको हो । राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विजक खरीद गरी वित्तीय विवरणहरू तथा आयविवरणहरू तयार गरेको र तिर्नुपर्ने कर नतिरी राजस्व चुहावट गरेको भन्दै उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *