विराटनगरको मेयरका आकांक्षी जसपाका नेता यादवद्वारा पार्टी परित्याग

विराटनगर । विराटनगरका मेयरको उम्मेदवारका आकांक्षी जसपाका नेता उमेश यादवले पार्टी परित्याग गरेका छन् । शनिबार पत्रकार सम्मेलन गरी यादवले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

विराटनगरको मेयरका दावेदार रहेका यादवले गठबन्धनको नाममा पार्टीले आफूमाथि अन्याय गरेको बताउँदै पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले गठबन्धन गर्ने निर्णय गलत भएकाले सोही कारण जसपा त्यागेर आफू स्वतन्त्र हुने बताए । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा जसपाबाट मेयरमा उम्मेदवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *