नेकपा एमालेद्वारा १७ योद्धालाई सम्मान

काठमाडौं । नेकपा एमालेले कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा १७ योद्धालाई सम्मान गरेको छ । कम्युनिष्ट आन्दोलनलाई सहयोग पुर्यार्उने १७ जना कम्युनिष्ट योद्धालाई एमालेले सम्मान गरेको हो । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा कम्युनिष्ट आन्दोलनलाई उचाईमा पुर्याउन सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको हो ।

उनीहरुलाई प्रमाणपत्र र पुष्पगुच्छासहित अध्यक्ष केपी शर्मा ओलीले सम्मान गरेका हुन् । सम्मानित हुनेमा टेकनाथ बराल, नेत्रप्रसाद ढुंगाना, तुल्सीराम मिश्र, नानीमैया नकर्मी, कुमार गुरुङ, चतुर ब्यञ्जनकार, वसन्त गौचन, हरिप्रसाद काफ्ले, रामकृष्ण दुवाल (गायक), छत्र बोहोरा, माधव प्रसाद अधिकार, चुमकला बजाडे, लक्ष्मीराज जोशी, अमर कार्की, विष्णु डंगोल, कुमारी देवी महरा चमार र भीम बहादुर खतिवडा छन् ।

एमाले महासचिव शंकर पोखरेलले कम्युनिष्ट योद्धा सम्मान कार्याक्रमलाई हरेक वर्ष निरन्तरता दिने जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *