उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दिउँसो १ बजे बस्ने बैठकबाट महानगरपालिका र उपमहानगरपालिकामा पार्टीका उम्मेदवारको टुंगो लगाउने तयारी रहेको छ।

यसअघि बुधबारनै सत्ता गठबन्धनका दलहरूले ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा पार्टीबाट उम्मेदवारका लागि सिटबाँडफाँट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *