आज चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ । राप्रपाले दिउँसो २ बजे पार्टी कार्यालय धुम्बाराहीबाट प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागेको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएका हुन् । घोषणापत्रमार्फत राप्रपाले पार्टीको प्रतिबद्धता र योजना ल्याउने तयारी गरेको छ ।

नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले यसअघि नै घोषणापत्ररप्रतिबद्धतापत्र सार्वजनिक गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *