रहेनन् वडासदस्य सत्याल

काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर ३० का वडा सदस्य निरजराज सत्यालको निधन भएको छ ।विसं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नम्बर ३० को वडा सदस्यमा निर्वाचित सत्यालको आइतबार राति ९ बजे निधन भएको हो ।

उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । उनलेभक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए । नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी सङ्घबाट आफ्नो राजनीति अगाडि बढाएका सत्याल त्रिचन्द्र क्याम्पसको पूर्वस्ववियु पदाधिकारी भएका थिए ।

उनी काठमाडौँ क्षेत्र नम्बर ४ को पूर्वक्षेत्रीय सदस्यसमेत थिए । उनको गएराति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *